चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि २२ करोड ५० लाख बजेट

वीरगन्ज,२५ जेठ । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले बजेट छुट्याएको छ ।अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमा रंगशालाको काम अघि बढाउनका लागि २२ करोड ५० लाख रुपैयाँ छुट्याईएको छ ।खेलकुद मन्त्रालयको बजेट पुस्तिका अनुसार रंगशालाका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन भएको हो । आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा अर्थमन्त्री शर्माले रंगशालाको काम अघि बढाउन बजेट विनियोजन गरिएको बताउनुभएको थियो । सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वय गरेर काम अघि बढाउने भएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशालाको निर्माणको काम अहिले ठप्प रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close