नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित
वीरगन्ज,२४ जेठ । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ ।मलेसियामा थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै ४० रनमा अलआउट भयो । नेपालकी श्रृष्टि जोशीले सर्वाधिक सात रन बनाइन् । यस्तै साना प्रविनले ६, अनु कडायतले पाँच, अञ्जली विश्वकर्मा, मनिषा उपाध्याय र कृतिका मरासिनीले तीनरतीन रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सात विकेट गुमाएर ८९ रन बनायो । बलिङतर्फ नेपालकी कृतिका मरासिनी र मनिषा उपाध्यायले दुईरदुई विकेट लिए ।आजको हारसँगै नेपालको विश्व कपमा छनोट हुने सम्भावना सकिएको छ । तालिकामा नेपालले चार खेलमा दुईमा जित र दुई वटामा हार बेहोरेको छ । थाइल्यान्डले भने चार वटै खेल जितेको छ । यस्तै यूएईले तीन वटा खेलेकोमा सबैमा जितेको छ । नेपालले अन्तिम खेलमा पर्सि मलेसियासँग खेल्नेछ । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कपमा पुग्नेछ ।