कोशी प्रदेश सहकारी संघद्वारा राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले तयार पारेको निर्देशन र मापदण्डको प्रारम्भिक मस्यौदाका विषयमा कोशी प्रदेश सहकारी संघ लि.को आयोजना र जिल्ला सहकारी संघ लि. मोरङ को संयोजनमा २०८१ माघ १० गते विशेष छलफल आयोजना गरिएको छ ।
संघका अध्यक्ष डा. डिल्ली पोखरेल को अध्यक्षतामा आयोजित छलफलमा बिभिन्न विषयगत सहकारी संघका प्रतिनिधिहरु, सहकारी रजिस्ट्रार हरी वहादुर खत्री, राष्ट्रिय सहकारी बैंक,जिल्ला संघका संचालकहरु, सल्लाहकारहरु र बिभिन्न प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस