उत्कृष्ट र नियमित कारोबार गर्ने ४ वटा सहकारी संस्था समानित तथा पुरस्कृत

अनुप यावद वीरगंज – राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय वीरगंज र सिमराले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको भिस्वा होटलमा भएको कार्यक्रममा वीरगंज र सिमरा शाखाले उत्कृष्ट कारोबार गर्ने दुई सहकारी संस्था र नियमित कारोबार गर्ने दुई गरी चार सहकारी संस्थालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

 

उत्कृष्ट कारोबार गर्ने वीरगंजका श्री स्वच्छ बचत तथा ऋण सहकारी संस्था लिमिटेड , बाराका श्री त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । यसैगरी नियमित कारोबार गर्ने श्री सुर्यविनायक बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेड वीरगंज र श्री जितपूर सामुदायिक सक्रिय बचत तथा ऋण सहकारी संस्थाबारा समानित तथा पुरस्कृत भएका हुन ।

राष्ट्रिय बैंकका सञ्चालक विश्वनाथ मण्डलको अध्यक्षता र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम समपन्न भएओ हो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि केवी उप्रेतीको

सहकारी संघ र सहकारीहरुमा ३० प्रतिशत महिला सञ्चालक अनिवार्य राख्नु पर्ने बताउनुभयो । उहाले आउने दिनमा राष्ट्रिय सहकारी बैंक तथा वितिय संस्थाबाट अब बिदाको दिनमा समेत पैसाको कारोबार हुने बताउनुभयो । उहाले अब नयाँ नयाँ नीति तथा कार्य योजना बनाउने र आगामी दिनमा एकजुट भएर लाग्न समेत सम्पूर्ण सहकारी संस्थामा आबद्ध भएकालाई आग्रह समेत गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close