बढ्यो सुनचाँदीको मूल्य

रगञ्ज ३ असार । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । बिहिबार प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close