मधेश प्रदेशसभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदै
वीरगन्ज,१९ जेठ । मधेस प्रदेश प्रदेशसभाको नवौं अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौं अधिवेशन सुरु हुन लागेको हो ।बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।आगामी जेठ २२ गते आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्ने छ ।नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस