चीनको सांघाईमा कोरोनाबाट आज थप सात जनाको मृत्यु

एजेन्सी,७ वैशाख । चीनको सांघाईमा कोरोनाबाट आज थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको सांघाईको स्वास्थ्य आयोगले जनाएको छ । तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ । पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्घरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ । यसैबीच, सांघाईमा आज थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् । कोरोना महामारी फैलिएपछि सांघाईमा तीन सातादेखि लकडाउन छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close