वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष ०७८÷७९ को ९ महिनामा लक्ष्यको ५२ प्रतिशत मात्रै राजस्व संकलन

वीरगन्ज ,७ बैशाख । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष ०७८÷७९ को ९ महिनामा लक्ष्यको ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । महानगरका अनुसार गत साउनदेखि चैत (९ महिना)सम्म ४९ करोड ७५ लाख २ सय ६६ रुपैयाँ ४८ पैसा राजस्व संकलन गरेको छ । महानगरले चालु आवमा ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । महानगरले चैत महिनामा मात्रै सवा १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै फागुनमा १० करोड २५ लाख ६७ हजार ९ सय ६९ रुपैयाँ ९७ पैसा राजस्व संकलन गरेको छ । महानगरपालिका राजस्व व्यवस्थापन शाखाका अधिकृत नवराज थापाका अनुसार गत आव ०७७÷७८ को तुलनामा यसवर्ष १६ करोड ७२ लाख ७५ हजार २ सय ६६ रुपैयाँ ४८ पैसा बढी राजस्व संकलन भएको छ । गत आवको ९ महिनामा महानगरले ३३ करोड २ लाख ९९ हजार ५ सय ६२ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सम्पत्ति कर १३ करोड ७४ लाख ३४ हजार २ सय ९० रुपैयाँ १६ पैसा, भूमिकर÷मालपोत ८० लाख ३४ हजार ५ सय ३४ रुपैयाँ ८२ पैसा, घर जग्गा रजिष्ट्रेशन १३ करोड ५२ लाख १८ हजार ४ सय ७४ रुपैयाँ ८० पैसा, घर बहाल कर ५ करोड २९ लाख २० हजार ७ सय ३५ रुपैयाँ ८८ पैसा, बहाल बिटौरी कर १७ लाख ९८ हजार १ सय ४३ रुपैयाँ ४५ पैसा संकलन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close