दिल्ली विधानसभाको ७० सिटमा आज मतदान, भारतका ५ दल आमनेसामने

भारतको राजधानी दिल्ली विधानसभाको ७० सिटका लागि आज बिहान ७ बजेदेखि मतदान शुरू भएको छ । साँझ ५ बजेसम्म हुने मतदानका लागि करिब १३ हजार मतदान केन्द्र बनाइएको छ ।
लोकसभा चुनावमा भारत ब्लकमा रहेका पाँच दलहरू दिल्ली चुनावमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आमनेसामने छन् ।
भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) ले ६ सिटमा उम्मेदवार खडा गरेको छ भने भारतीय कम्युनिष्ट पार्टी–मार्क्सवादी (सीपीएम) र भारतीय कम्युनिस्ट पार्टी–मार्क्सवादी लेनिनवादी (सीपीआई–एमएल)ले २–२ सिटमा उम्मेदवार दिएका छन् ।
भाजपाले ६८ सिटमा उम्मेदवार उठाएको छ । दुई सिट सहयोगी दललाई दिइएको छ । यसमा जनता दल-युनाइटेडले बुरारी र लोक जनशक्ति पार्टी- रामविलासले देवली सिटबाट उम्मेदवार उठाएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस