प्रदेश सरकारले ७५० जना सञ्चारकर्मीहरुको स्वास्थ्य बिमा

मधेस सरकारले गर्‍यो साढे ७ सय पत्रकारको स्वास्थ्य बिमा

धनुषा । मधेश सरकारले ठूलो सङख्यामा प्रदेशका सञ्चारकर्मीहरुको स्वास्थ्य बिमा गर्ने भएको छ । प्रदेश सरकारले ७५० जना सञ्चारकर्मीहरुको स्वास्थ्य बिमा गर्ने भएको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज प्रदेशका पत्रकारहरुको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ । मन्त्रालयले एक कार्यक्रमबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्राधिकरणले राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत प्रतिव्यक्ति ७ लाख रुपैयाँको स्वास्थ्य बीमा गर्ने सम्झौता भएको मुख्यमन्त्री सतिश सिंहले जानकारी दिए ।

उनका अनुसार श्रमजीवी पत्रकारहरूको हकहितका लागि स्वास्थ्य बीमा गर्न लागिएको हो । पत्रकार महासंघ तथा पत्रकार सम्बद्ध विभिन्न संघसंगठनको अनुरोधमा प्रदेशका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य बीमा गर्न लागिएको उनको भनाइ छ ।

मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य बीमा र ७ लाखसम्मको दुर्घटना बीमा गरिने मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close