भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधन, आजै अन्त्येष्टि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १ सय वर्षको उमेरमा निधन भएको छ ।

हिजो हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । आज बिहानै उहाँको निधन भएको हो । उहाँको आजै अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय आमा हीराबेनको पार्थिव शरीरमा मोदीले दाग बत्ती दिएपछि उहाँको अन्त्येष्टि गरिएको हो । मोदीले आमाको निधनलाई एक गौरवमय शताब्दीको अन्त्य भन्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close