क्युवामा एक तेल डिपोमा आगलागी हुँदा २१ जना वेपत्ता, ८० घाइते

काठमाडौँ, २२ साउन । क्युवाको एक तेल डिपोमा चट्याङ पर्दा भयंकर आगलागी भएको छ ।सोही आगलागीका कारण दर्जनौं मानिस वेपत्ता भएका छन् । मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी भएको र ठूलो मानवीय समस्या निम्तिएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

आगलागीमा परी कम्तिमा २१ जना हराइरहेका छन भने अहिलेसम्म ८० जना घाइते भएको जनाइएको छ । अस्पताल भर्ना गरिएका ३६ जना मध्ये अधिकांशको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगो निभाउन गएका १७ वटा बारुण यन्त्रको अवस्था पनि अज्ञात रहेको जनाइएको छ ।

तेल डिपोमा चट्याङपछि आगलागी हुँदाको अवस्था यति भयंकर थियो दुई वटा सूर्य एकै पटक उदाएको जस्तो महसुश भएको थियो । भेनेजुएला, मेक्सिको र चिलीले आगो नियन्त्रण तथा घाइतेहरुको उद्धारका लागि टिम पठाएका छन् । त्यस्तै रुसले पनि सहयोग पठाएको छ ।आगो नियन्त्रणका लागि अमेरिकाले दिएको प्राविधिक सहयोग पनि क्युवाले स्वीकार गरेको जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close