भारतको उत्तर प्रदेशमा रासायनिक कारखानामा विस्फोट हुँदा आठ जनाको मृत्यु
काठमाडौँ, २२ जेठ । भारतको उत्तर प्रदेशस्थित हापुरमा रासायनिक कारखानामा विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घटनापछी घटनास्थलमा ठूलो संख्यामा दमकल पठाइएको छ । साथै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् ।
विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ ।हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा भएको विष्फोटमा १५ जना घाइते भएको तथा आठ जनाको मृत्यु भएको छ हापुरका प्रहरी अधिकारीहरूले जानकारी दिए ।अहिले घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेको छ ।यसैबीच सडक यातायात तथा राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री विजयकुमार सिंहले घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । रासस