साइप्रस र इजरायलद्वारा संयुक्त सैन्य अभ्यास शुरु

निकोसिया, १५ जेठ, । साइप्रस र इजरायलले आइतबार साइप्रसको हवाइ, समुद्री र स्थल क्षेत्रमा आफ्नो “सबैभन्दा ठूलो“ संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् ।रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएअनुसार “अगापिनोर २०२२“ कोड नाम दिइएको यो अभ्यास “दुवै देशका स्थल, वायु र समुद्री सेना“ को सहभागितामा साइप्रियोट क्षेत्रमा आयोजना हुँदैछ । उक्त अभ्यास बिहीबार सम्पन्न हुनेछ।रक्षा मन्त्रालयका स्रोतहरूलाई साइप्रियोट सञ्चार माध्यमले उद्धृत गर्दै सम्युक्तरूपमा भाग लिने सैन्य इकाइहरूको आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अभ्यास दुई देशबीचको द्विपक्षीय सैन्य सहयोग कार्यक्रमको हिस्सा हो र यसले रक्षा र सुरक्षाको क्षेत्रमा दुई देशको उत्कृष्ट सम्बन्धलाई चित्रण गर्दछ।“१२ वर्षमाथिका व्यक्तिहरूलाई ०।३ एमएलका दरले खोप लगाए पनि पाँच देखि १२ वर्षमुनिका बालबालिकालाई ०.२ एमएलका दरले खोप दिनुपर्छ । फाइजर खोप अल्ट्रा कोल्डचेन माइनस ४४ देखि ८० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । (रासस,सिन्ह्वा)

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close